बैंकहरुलाई ओलीको प्रश्न – बैंक मिटर ब्याजी होइन र ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजी जस्तै भएको बताएका छन् । शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘बैंक मिटर व्याजी होइन र ? तीन महिनामा सावामा व्याज गाभ्ने अनि त्यही त हो नि मिटरव्याजी भनेको ।’ओलीले धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्र बैंकको काम नभएको बताएका छन् । बैंकहरुले धितोका कारण आफूले दिएको ऋण सदुपयोग भएको छ कि छैन नहेर्ने गरेको उनले बताए ।

Related posts

विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौं : प्रधानमन्त्री

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली