सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष बराल विरुद्ध ठगीको आरोपमा मुद्दा दायर


काठमाडौँ । स्थानीय निर्वाचनमा सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराललाई फिक्कलबासीका जनताले उपाध्यक्षको रुपमा निर्वाचित गराए । किनकी बराल उपाध्यक्ष हुनु अघि नै वडाअध्यक्षमा निर्वाचित भएर युवाबिच निकै लोकप्रिय थिए । अहिले तिनै उपाध्यक्षले बचतकर्ताको लाखौं रकम हिनामिना गरेको आरोपमा उनको बिरुद्ध मुद्दा दायर भएको छ । पुतलीसडकस्थित नाता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको ७२ लाख भन्दा बढी रकम हिनामिना गरेको आरोपमा उपाध्यक्ष राजु बरालसहित ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उपाध्यक्ष बरालसहितले बचतकर्ताको ७२ लाख ३२ हजार ३५० रुपैयाँ हिनामिना गरेको आरोप पीडितहरुको भनाई छ । यो सहकारीले आकर्षक ब्याज दिने भन्दै रकम बचत गर्न लगाएर हिनामिना गरेको खुलेको हो ।

निर्वाचन ताका जनप्रतिनिधि विहिन स्थानीय तहमा बढेको बेथिती हटाएर पूर्वाधार विकास र सामाजिक जागरणका क्षेत्रमा विषेश ध्यान दिन्र्छाै । न्याय, शिक्षा, स्वास्थ्य, स्वरोजगार र अन्य सबै क्षेत्रमा आधारभूत कामहरु गर्ने । फिक्कल गाउँपालिकाको समग्र विकासका लागि गुरु योजना बनाएर परिणममुखी काम गरेर ४ वर्षमा समृद्धिको यात्रामा फिक्कल निकै अगाडी बढ्ने जवाफ दिने उपाध्यक्ष बराल माथि यतिबेला सर्वसाधरणको लाखौँ रकम हिनामिना गरेको आरोप लागेको छ ।
निर्वाचनमा पनि बरालको दादागिरी
२०७४ सालको स्थानीय निर्वाचनमा वडाअध्यक्षको रुपमा निर्वाचित भएका राजु बराल सिन्धुलीको लागि खासै नौला नाम होइन् । बराल युवा भएकोले पनि छोटो समयमा आफ्नो सामा्रज्य विस्तार गर्ने सफल भए । सिन्धुलीमा पनि यिनको उठबस हुने भनेको अपराधीक क्रियाकलपमा सग्लनता भएकोहरु संग हो । एमालेबाट निर्वाचित भएका यिनी महेश बस्नेत निकट मानिन्छन् । बस्नेतको त चेला परे । बचकर्ताको रकम हिनामिना गर्नु ठुलो करा भएन् । वडाध्यक्ष हुदाँ राम्रो छाप पारेका बराल उपाध्यक्षको निर्वाचनमा आफ्नो जित नहुने अवस्था भएपछि आफ्नो पावर देखाउँन गाउँगाउँमा काठमाडौँबाट ६०,७० जना गुण्डाहरु लगेर रणाको नै मच्चाए ।
तर गाउँलेहरुको सामु यिनको गुण्डाहरुको पनि केही चलेन् । यिनको दादागिरीले केही गाउँले र गुण्डाहरु पनि गम्भीर घाइते भएर उपचारको लागि काठमाडौँ ल्याइयो । निर्वाचन ताका पनि फिक्कलबासी जनताले बराललाई उनकै भोटरले समेत गाला झापड हानेका थिए । आफ्नो पक्षमा भोट नआउँने अवस्था देखेपछि गुण्डा लिएर डनको शैलीमा घरदैलोको नाममा जनताको घर घरमा पुगेका यिनलाई तिनै जनताको हातबाट पिटाए खाएका पात्र हुन् । निर्वाचनमा आफ्नो पावर सो गरेर जितेका यिनी गाउँमा भन्दा बढि समय काठमाडौँमा बस्छन् । वडाध्यक्ष हुदाँ जति काम गरे । उपाध्यक्ष भएपछि त्यति पनि काम गर्ने नसकेको भन्दै अहिले गाउँमा बरालको चर्को विरोध भइरहेको बेला यता लाखौँ रकम हिनामिना भएको आरोप लाग्दा फिक्कलबासीका जनताले अहिले उपाध्यक्षको हर्कतले टाउँकोमा हात राखेर धिर्कादैछन् ।

Related posts

विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौं : प्रधानमन्त्री

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली