सेयर बजारमा २५ अंकको गिरावट

3d red arrow down in business graph on white

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा कायम भएको हो । सेन्सेटिभ इण्डेक्स १.८८ प्रतिशतले घटेको छ ।

आज ३०८ स्क्रिप्सको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा खरिदबिक्री भए । दोहोरो अंकले ओरालो लागेको बजारमा आँखु खोला जलविद्युत,समाज लघुवित्त वित्तीय,हिमालयन लघुवित्त,मिड सोलु हाइड्रोपावर र शिव श्री हाइड्रोपावर कमाउने शीर्ष पाँचभित्र परे ।

यसदिन सीईडीबी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए । सो कम्पनीको सेयर मूल्य ८.२७ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५६ करोड बढी मूल्यको सेयर कारोबार भयो ।

हिमाल दोलखा हाइड्रोपावरको २२ करोड,अपी पावरको २० करोड,नेपाल रिइन्स्योरेन्सको २० र सोनापुरको १९ करोड बढी मूल्यको सेयर कारोबार भयो । १३ वटा उपसमूहमध्ये ११ को सूचक घट्दा दुईवटाको मात्रै बढ्यो। ​​​​​​​हाइड्रोपावरको ०.२० र अदर्श उपसमूहको सूचक १.३८प्रतिशतले बढेको हो । ११७ कम्पनीको मूल्य घट्दा ६४ वटाको मात्रै मूल्य बढ्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

Related posts

आज शेयर बजार २४ अंकको बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा