IPO

सर्वोत्तम सिमेन्टको आईपीओमा बढी आवेदन

काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट सर्वोत्तम सिमेन्टको आईपीओमा ६.३४ गुणा बढी आवेदन परेको छ । उक्त कम्पनीको माघ ५ गतेसम्म १६ लाख ९१ हजार ७१० कित्ता सेयर खरिदको माग परेको छ ।

सो कम्पनीले पुस २५ गते बुधबारदेखि बुक विल्डिङ विधिमार्फत प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले आईपीओ खुलाएको थियो । जसमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ६७ हजार कित्ता आईपीओ खुला गरेको थियो ।

सीडिएस एण्ड क्लियरिङका अनुसार गत शुक्रबारसम्म २५ हजार ८ सय ३९ वटा आवेदकबाट ६१ करोड ५ लाख ३८ हजार १३९ रुपैयाँको आवेदन परेकोे छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने माघ १० गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

यसैगरी, कम्पनीले पहिलो चरणमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि ९ लाख ३० हजार कित्ता आईपीओ पनि पुस २५ देखि नै निष्कासन गरेको छ। उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छिटोमा माघ १० गतेसम्म र ढिलोमा माघ २५ गतेसम्म अवधि तोकिएको छ सर्वोत्तम सिमेन्टको आईपीओमा बढी आवेदन।

Related posts

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

आईपीओ निष्कासन गर्ने तयारीमा गाउँघर उज्यालो साना हाईड्रोपावर

आईपिओ निष्काशन गर्दै माउण्ट कैलाश इनर्जी