परियार काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ ।

स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन शाहबिच विवाद सुरु भएको थियो । विवादकै बिच शाहकै निर्देशनमा अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो ।

सो विषयलाई लिएर मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो । अधिकारी योबिचमा बिदामा बसेका थिए ।

Related posts

सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्-अध्यक्ष प्रचण्ड

कतारका राजदूतसँग मेयर बालेनले भने, ‘विश्वकपको व्यवस्थापनबाट प्रभावित छौँ’

अध्यक्ष पुष्पकमल दाहाल र यातायात व्यवसायी तथा पदाधिकारी बिच खुमलटारमा भेट