नेप्से कारोबार प्रणाली फेरि ३ दिन बन्द हुने, कारण यस्तो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणाली फेरि ३ दिन बन्द रहने भएको छ ।

नेप्सेले आज एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली फेरि ३ दिन बन्द रहने जनाएको छ । आज पुस ४ गते साँझ ५ बजेदेखि पुस ६ गते राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने सूचनामा उल्लेख छ ।

दोस्रो चरणको विद्युत मर्मत तथा सम्भारसम्बन्धी कार्यका लागि नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागिएको सूचनामा जानकारी गराइएको छ ।

विद्युत मर्मतसम्भार कार्यका लागि यसअघि पनि गत पुस २६ गते साँझ ५ बजेदेखि पुस २८ गते राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द गरिएको थियो ।

Related posts

आज शेयर बजार २४ अंकको बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा