सेयर बजारले २२ सय नाघ्यो

काठमाडौं । बुधबार साढे १२ बजे सेयर बजारले २२ सय अंक नाघेको छ । लगानीकर्ताले प्रतिरोधकका रुपमा २२ सय अंकलाई लिँदै आएकोमा कारोबार भइरहँदा यो अंक पार गरेको हो ।

परिसूचक नेप्से बुधबार १२: ३० बजे अघिल्लो दिनको तुलनामा ३२ अंक बढेर २२०७ अंकमा कायम भएको हो । सो समयसम्म कुल ३ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । १६१ कम्पनीको मूल्य बढ्दा ८४ को घटेको छ भने १ को स्थिर रहेको छ ।

साढे १२ बजेसम्म बैंकिङ १.५, विकास बैंक ३.७, फाइनान्स १.४, होटल ०.७, हाइड्रोपावर ०.५, जीवन बीमा १.०, उत्पादन ०.३, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा १.५, अन्य ३.५ र ब्यापार समूह ०.८ प्रतिशतले बढेका छन् । नेपाल वेयरहाउजिङ, हिमालयन रिइन्स्योरेन्स र माथिल्लो तामाकोसीको मूल्य १० प्रतिशत बढेकोछ ।

Related posts

आज शेयर बजार २४ अंकको बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा