तुलसीबहादुर श्रेष्ठ ललितपुरको सिडिओमा नियुक्त, शेखर खनाल प्रहरी प्रमुखमा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरमा तुलसीबहादुर श्रेष्ठ सरूवा भएका छन् । यसअघि उनी गृह मन्त्रालयको आन्तरिक प्रशासन महाशाखामा रहेका थिए ।

यस्तै जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी शेखर खनालको सरूवा भएको छ ।

शुक्रबार गृह मन्त्रालयले उक्त निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

बालकुमारी घटनापछि ललितपुरका सिडिओ र प्रहरी प्रमुखको सरूवा भएको थियो । एसएसपी सिद्धीविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय तानिएको थियो ।

Related posts

विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौं : प्रधानमन्त्री

सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाको कर्तुत नै कर्तुत, मदिराले मातेर राती युवतिलाइ फोन गरेर राखे यस्तो प्रस्ताव

केपी ओली भन्छन्- मलाई यो उमेरमा प्रधानमन्त्री हुनु थिएन