धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाडौँ । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

बुधबार खुमलटारस्थित धितोपत्र बोर्डको कार्यलयमा पुगेर नवनियुक्त अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चुनौतिहरूको थुप्रोको बीचमा ठूलो जिम्मेवारीको साथ आफू आएको भन्दै विशेष गरेर नेपालमा क्यापिटल मार्केटको दायरा बढाउँदै लैजाने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

Related posts

एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान

शिक्षा क्षेत्रमा केन्द्र सरकार भन्दा महानगर शसक्त

चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह