ङादी ग्रुप पावरलाई हकप्रद शेयर निष्काशन अनुमति

काठमाडौं : नेपाल धितोपत्र बोर्डले पछिल्लोपटक ङादी ग्रुप पावर लिमिटेडले १ अर्ब ८५ करोड १२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले सोमबार उक्त कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।

बोर्डले १ करोड ८५ लाख १२ हजार ७ सय ९२ दशमलव २ सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्न स्वीकृत गरेको कम्पनीको वेभसाइटमा छ । बोर्डको स्वीकृतिसँगै अब कम्पनीले १:१ को अनुपातमा शेयर निष्काशन गर्नेछ ।

कम्पनीले हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको बोर्डले जनाएको छ ।

कम्पनीअन्तर्गत लमजुङमा  सिउरी खोला जलविद्युत् (४.९५ मेगावाट) सञ्चालित छ । कम्पनीले २०६९ मंसिरदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

Related posts

विद्युत् बक्यौतामा कानुनले मन्त्रिपरिषद्, प्रधानमन्त्री, ऊर्जा मन्त्री र आयोगहरुलाई चिन्देैन

अब ओमानी मुद्रा नेपालमै खरिद बिक्री गर्न सकिने

आज कम्बोडिया जाँदै सभामुख