रिलायबल नेपाल लाइफको नाफा बढ्यो

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले ६६.९९ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

असोज मसान्तसम्म कम्पनीले १ अर्ब १२ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १०.११ प्रतिशत बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ, सेयर प्रिमियममा १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड ७६ लाख रुपैयाँ, सञ्चित नाफा ९१ करोड ३८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ६ लाख रुपैयाँ रहेको छ ।

Related posts

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि