उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताएका छन्।
सरकारका १०० दिनको समीक्षा गर्दै उनले नीतिगत स्थिरता र राजनीतिक स्थिरतासँगै देशको अर्थतन्त्र सकारात्मक बाटोतर्फ जान थालेको बताएका हुन्।
नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको समीकरणमा बनेको केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारमा पौडेल अर्थमन्त्री छन्।
सबैभन्दा महत्वपूर्ण पक्ष मान्छेको मनोबल हुन्छ, आत्मविश्वास र मनोबल टुट्यो भने देशलाई अगाडि बढाउन धेरै गाह्रो पर्छ। हामी सरकारमा सहभागी भएदेखि मुख्य रुपमा उत्पादनका सबै क्षेत्र विशेष गरी निजी क्षेत्रको मनोवल उठाउनका निम्ति धेरै कोसिस गरेका छौँ। उहाँहरूका माग, चासो र मुद्दाहरूलाई गहिरो गरी सुनेका छौँ र कतिपय माग मुद्दाहरु सम्बोधन पनि गरेका छौँ। यो सरकार समस्या सुन्छ र समस्या समाधानका लागि अग्रसरता लिन्छ भन्ने सन्देश संप्रेषित भएको छ। निजी क्षेत्रसँग मात्र नभई उत्पादनका सबै क्षेत्रसँग हामी यो ढंगले सहकार्य गरिरहेका छौँ।
दोस्रो कुरा के छ भने अहिले हामीले लामो समयदेखि उत्पादनमा लागेर भुक्तानी पाउन बाँकी रहेका निजी क्षेत्रलाई दिनुपर्ने भुक्तानीको दायित्व पूरा गर्नेतर्फ प्रक्रिया सुरू गर्यौं। र भुक्तानि दिन थाल्यौँ। सरकार हामीसँग छ भन्ने सन्देश निजी क्षेत्रमा गएको छ। पोलिसी निर्माणमा पनि हामीले केही महत्वपूर्ण काम गरिरहेका छौँ। सबैभन्दा महत्वपूर्ण पक्ष हामीले नपाली अर्थतन्त्रको समग्र चित्र, समस्याहरूको समाधानका लागि अर्थतन्त्रको सुक्ष्म अध्ययन गरी सुझाव दिनका लागि पूर्वसचिव रामेश्वर खनालको नेतृत्वमा विज्ञहरूको ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ गठन गरेका छौँ। उहाँहरूले काम सुरू गर्नुभएको छ।
अर्को कुरा लामो समयदेखि नेपालको क्रेडिट ट्रेडिङको काम बाँकी थियो जसबाट हाम्रो अर्थतन्त्र कुन अवस्थामा छौँ भनेर विश्वमाझ भन्न अप्ठेरो परिरहेको थियो। क्रेडिट ट्रेडिङको काम अहिले करिब करिब सकिएको अवस्थामा छौँ र आशा गरिरहेका छौँ। यसको नतिजा छिटै सर्वाजनिक हुनेछ। यो पनि एउटा आर्थिक क्षेत्रको महत्पूर्ण काम हो भन्ने मैले ठानेको छु।