बयान लिन रवि र छवि कास्की जिल्ला अदालतमा 

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ। 

ढिला गर्दा प्रदर्शन र भिडले असहज हुन सक्ने भएकाले कार्यालय खुलेसँगै अदालतमा उपस्थित गराइएको प्रहरी स्रोतले बताएको हो।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ। 
 
सोही मुद्दामा पहिलो पटक दिइएको  ६ दिनको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो।

गत असोज ६ गते नै पक्राउ परेर पोखरा ल्याइएका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई बयानका बुटवल लगिएको थियो।

बयान सकेर पोखरा नै ल्याइएपछि आज उनिहरु दुवैलाई कास्की जिल्लाअदालतमा उपस्थित गराइएको छ।

Related posts

अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता

रवि लामिछानेलाई म्याद थप्न आज अदालत लगिँदै

प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि