प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि

काठमाडौं l प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको बताएको हो ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.७५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७.८७ प्रतिशत बढेको छ। हाल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा रहेको छ।

Related posts

नेपाल बैंकको नाफामा उल्लेख्य वृद्धि

कुमारी बैंकको संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा

जिल्ला अदालत भैरहवाअगाडि सुप्रिम सहकारी पीडितको प्रदर्शन