नेपाल बैंकको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं l नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२२.९८ प्रतिशत बढी नाफा आर्जन गरेको बताएको हो ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ६० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.४३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७.०३ प्रतिशत घटेको छ। हाल बैंकको वितरणयोग्य मुनाफा ९४ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २५ रुपैयाँ ८० पैसा रहेको छ।

हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोष ४.५३ प्रतिशत बढेको छ।

Related posts

प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि

कुमारी बैंकको संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा