कुमारी बैंकको संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा

काठमााडौं l कुमारी बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न ईच्छा राखी निवेदन पेश गरे अनुसार बैंकले शेयर विक्रीमा राखेको छ ।

बैंकले ८८ हजार ३५० कित्ता शेयर संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेको छ । शेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाएको छ । बैंकले तोकेको उक्त समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि निवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंले जनाएको छ ।

Related posts

नेपाल बैंकको नाफामा उल्लेख्य वृद्धि

प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि

जिल्ला अदालत भैरहवाअगाडि सुप्रिम सहकारी पीडितको प्रदर्शन