छविलाल जोशीसँग आज पनि बयान सुरु

बुटवल । पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्कीबाट जोशीलाई सोमबार साँझ भैरहवा ल्याइएको थियो ।

 जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा केही बेर अघिदेखि बयान सुरु भएको रुपन्देही एसपी रञ्जित सिंह राठौरले राताेपाटीलाई  बताए । उनलाई सरकारी वकिल कार्यालयमा न्यायाधिवक्ता प्रेम राज पाैडेल, इलाका प्रहरी कार्यालय बुटवल डीएसपी विजय राज पण्डित, अनुसन्धान अधिकृत लगायतको उपस्थितिमा बयान लिने काम भइरहेको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना छविलाल पनि जोडिएपछि कास्की जिल्ला प्रहरीले कार्यालय रुपन्देहीमा अनुसन्धान लागि बयान लिन पठाएको हो । हिजो ल्याएका जोशीलाई  सकभर आज नभए भोलि पठाउने योजना रहेको जनाएको छ।

Related posts

जिल्ला अदालत भैरहवाअगाडि सुप्रिम सहकारी पीडितको प्रदर्शन

धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु

कांग्रेस उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिसका लागि सिफारिस