IPO

समता घरेलु लघुवित्त संस्थाले सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने

काठमाडाैं l समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्कासन गर्न लागेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गर्न लागेको जनाएको छ । कात्तिक १२ गतेदेखि २० गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिमा माग अनुसार आवेदन नपरेमा कात्तिक २६ गतेसम्म आवेदन दिन सकिने छ ।

यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

Related posts

जय अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउने

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

आईपीओ निष्कासन गर्ने तयारीमा गाउँघर उज्यालो साना हाईड्रोपावर