रायो साग र तिते करेला सस्तियो

काठमाडौं । कालीमाटी होलसेल तरकारी बजारमा तिते करेला र रायो साग सस्तिएको छ ।

शुक्रबार प्रतिकिलो ७० रुपैयाँमा कारोबार भएको तिते करेला आइतबार ६० मा झरेको छ । शुक्रबार प्रतिकिलो १०० रुपैयाँ रहेको रायो साग ८० मा झरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार कालीमाटी बजारमा ठूलो गोलभेँडा १४०, सानो स्थानीय गोलभेँडा १२०, रातो आलु ८८, भारतीय रातो आलु ५७, प्याज १०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

स्थानीय काउली १३०, रातो मुला ५०, सेतो मुला ४०, लाम्चो भन्टा ५०, मटरकोशा २००, घिउ सिमी ७०, टाटे सिमी १००, लौका ५०, परवर ८० रुपैयाँ प्रतिकिलो कारोबार भएको छ । घिरौंला ८०, पाकेको फर्सी ६०, हरियो फर्सी १०० रुपैयाँ किलो छ ।

Related posts

जिल्ला अदालत भैरहवाअगाडि सुप्रिम सहकारी पीडितको प्रदर्शन

धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु

छविलाल जोशीसँग आज पनि बयान सुरु