सीआईबीको टोली रास्वपा कार्यालयमा

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनलाई पक्राउ गरी प्रहरी टोली खटिएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट एसपी होबिन्द्र बोगटीको नेतृत्वमा टोली खटिएको छ। साथै, रास्वपाको कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

रास्वपाले भने पत्रकार सम्मेलनको तयारी गरेको छ।

सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा गएको रकम दुरुपयोग गरेको अभियोगमा लामिछानेविरुद्ध अनुसन्धान अघि बढेको हो।

Related posts

मिटरब्याजी आरोपमा बस्नेत दम्पतीको नाक ‘पिलासले समातेर चक्कुले काटियो’

कुमारी बैंकको १ लाख ३१ हजार कित्ता शेयर बिक्रीमा

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च ६ प्रतिशतमा सीमित