नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । बुधबार नेप्से परिसूचक ४३ अंकले बढेको छ । आज नेप्से ४३.२२ अंकले बढेर २ हजार ७४२.८८ विन्दुमा बन्द भएको छ ।


आज कुल ३२० कम्पनीका एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी विजय लघुवित्तको शेयर मूल्य ९.३३ प्रतिशतले बढेको छ भने इस्टर्न हाइड्रोको शेयर ९.२४ प्रतिशतले बढेको छ । त्यस्तै  सबैभन्दा बढी अपर श्यांगे हाइड्रोको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढी नेपाल फाइनान्सको १५ करोड ९ लाख ५० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनिको ७ लाख २९ हजार २७५ कित्ता शेयर कारोबार भएको छ ।

Related posts

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

सेयर धितो कर्जामा कहिले मार्जिन कल गर्ने भन्ने ऋण दिँदै खुलाउनुपर्ने

अध्यक्ष पुष्पकमल दाहाल र यातायात व्यवसायी तथा पदाधिकारी बिच खुमलटारमा भेट