दसैँ बिर्सिएका भरिया, जसलाई दसैँँले भन्दा बढी जिम्मेवारीले थिचेको छ

काठमाडौँ । दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नवीन राईलाई भने यसको प्रवाह छैन ।

उनी फुलपातीकै दिन पर्यटकको भारी खोज्दै उच्च हिमाली भेग खुम्बु क्षेत्र गएका छन् । उमेरले २४ वर्ष मात्रै पुगेका राईलाई दसैँँले भन्दा बढी जिम्मेवारीले थिचेको छ । त्यसैले होला फुलपातीका दिन सबै जना घर फर्किदा उनी भने घर छोडेर भारीको खोजीमा उकालो चढे ।

“हामीलाई के दसैँ, के तिहार । सधैँ यस्तै हो, हाल खुम्बुमा पर्यटकीय सिजन छ, साथीहरूले विदेशी लिएर आएका छन् रे, त्यसैले भारी बोक्न हिँडेको”, लामो सुस्केरा हाल्दै राईले भने,“काम नगरी हुँदैन । घरमा आमाबुवा, भाइबहिनी पाल्नै पर्‍यो, यतिबेला दसैँ मनाउन भनेर बस्यो भने घर कसरी चल्छ ? अब खुम्बुमै भारी बोक्दै दसैँ मनाउने हो ।”

Related posts

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

यसरी बन्दैछ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

‘साइबर सेना’ शब्द प्रयोग गरेको बारे माग्नेबुढाले मागे माफी