के दशैंमा काठमाडौँ साच्चै सुनसान छ त ?

काठमाडौं । बडा दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान भएको छ । सधैंजसो ट्राफिक जाम हुने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै गएपछि सुनसान भएका हुन् ।

सडकमा हिँड्‌डूल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् । धेरैजसो मजदुर र गाडीधनीहरु समेत गाडी थन्क्याएर घरमै केन्द्रित छन् । त्यसैले सार्वजनिक यातायातका साधन पनि फाट्टफुट्टमात्र चलेका छन् ।

Related posts

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

यसरी बन्दैछ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

‘साइबर सेना’ शब्द प्रयोग गरेको बारे माग्नेबुढाले मागे माफी