स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत

काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडबाट भएको लाभांशसम्बन्धी प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएको छ ।

स्वावलम्बन लघुवित्तले आर्थिक वर्ष २०८०-८१ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको १४.२५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

प्रस्तावित लाभांशमध्ये १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.७५ प्रतिशत नगद लाभांश(कुल १५ प्रतिशत) रहेको छ ।

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ४५ करोड रहेको छ । जसअनुसार कम्पनीले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ८ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

Related posts

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

यसरी बन्दैछ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

‘साइबर सेना’ शब्द प्रयोग गरेको बारे माग्नेबुढाले मागे माफी