सानिमा बैंकको दराजसँग दशैं धमाका योजना: क्रेडिट कार्ड भुक्तानीमा १५ % सम्म छुट

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु १ हजार ५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई पहिलो लाई प्राथमिकताको आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना असोज ११ गतेदेखि २१ गतेसम्म ११ दिनका लागि लागू हुनेछ ।

Related posts

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

बजारमा पैसा धेरै भएपछि आज पनि ५० अर्ब झिक्दै राष्ट्र बैंक

राष्ट्रिय वाणिज्य बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई करोड हस्तान्तरण