विदेशी एयरलाइन्सले अब पहिलो अवतरण भैरहवा वा पोखरा विमानस्थलमा गर्नुपर्ने

काठमाडौँ l त्रिभुवन विमानस्थल आउने विदेशी एयरलाइन्सले अब अधिकतम एक उडानमा गौतमबुद्ध वा पोखरा विमानस्थलमा पहिलो अवतरण गर्नुपर्ने भएको छ।

नागरिक उड्डयन प्राधिकरणले काठमाडौं आउने विदेशी कम्पनीले उडानमा अधिकतम एकपटक भैरहवा वा पोखरामध्ये एक विमानस्थलमा पहिलो अवतरण गर्नुपर्ने प्रबन्ध गरेको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मार्फत अन्तर्राष्ट्रिय कनेक्टिभिटीलाई थप प्रोत्साहन गर्न यस्तो व्यवस्था गरेको जनाएको छ । यसका लागि सहयोगको अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ।

Related posts

अब ओमानी मुद्रा नेपालमै खरिद बिक्री गर्न सकिने

आज कम्बोडिया जाँदै सभामुख

मिटरब्याजी आरोपमा बस्नेत दम्पतीको नाक ‘पिलासले समातेर चक्कुले काटियो’