उच्च विन्दुमा पुगेको सुन थोरै सस्तियो, आज कति?

??????????????????????????????????????????????????????????

सुनको मूल्य आइतबार घटेको छ। 

शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आज ३ सय रुपैयाँ प्रतितोला सस्तो भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छ। यसअघि शुक्रबार १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस २ हजार ६ सय ५३ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। 

Related posts

सुनको मूल्य लगातार उकालो, एक लाख ६१ हजार नाघ्यो

सुनको भाउले राख्यो नयाँ रेकर्ड, कति पुग्यो ?

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?