१२ करोड लागतमा ट्रमा सेन्टर निर्माण हुँदै

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौँ बाहिर पहिलो ट्रमा सेन्टरको निमार्ण सुरु गरिएको छ । बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब रु। १२ करोड लागतमा निर्माण हुने ट्रमा सेन्टरको निमार्ण कार्य सुरु भएको हो ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टरको निर्माणले बर्दघाटका स्वास्थ्य क्षेत्रमा नयाँ आयम ल्याएको बताए। ट्रमा सेन्टर निर्माण पश्चात् जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ ।

डेढ वर्षमा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पुस २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ । बर्दघाट ट्रमा सेन्टरको निमार्ण सम्पन्न भएपश्चात् यो क्षेत्रका जनताले अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्ने जनाइएको छ ।

Related posts

मेक्सिको सेनाले गोली चलाएको घटनामा नेपाली मारिएका छैनन्ः दूतावास

चाडपर्वलक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमन

काठमाडौंबाट विराटनगर जाँदै गरेको माइक्रो सिन्धुलीमा पल्टियो