मेक्सिको सेनाले गोली चलाएको घटनामा नेपाली मारिएका छैनन्ः दूतावास

Soldiers keep watch outside a hospital in Tapachula, Mexico, Oct. 2, 2024, where wounded migrants were transferred after Mexican soldiers fired on a group of 33 migrants traveling in a pick-up truck that had tried to evade a military patrol. (OSV News photo/Jose Torres, Reuters)

काठमाडौं । अमेरिकास्थित नेपाली दूतावासले मेक्सिको र ग्वाटेमालाको सिमानामा भएको गोलाबारीमा सबै नेपाली सुरक्षित रहेको बताएको छ।

अवैधरूपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरू भाग्न खोजेको भन्दै मेक्सिको सेनाले गोली चलाएको गाडीमा ११ जना नेपाली रहेको पाइएको छ।

बुधबार नेपालीसहित ३३ जना आप्रवासी चढेको ट्रकमा ग्वाटेमालाको सिमानामा मेक्सिकोको सेनाले गोली चलाएको थियो। गोलाबारीमा ६ जना मारिएको मिडिया रिपोर्टहरूले सार्वजनिक गरेको थियो।

शनिबार वक्तव्य जारी गर्दै अमेरिकास्थित नेपाली दूतावासले ट्रकमा सवार सवै नेपाली सुरक्षित रहेको जनाएको हो।

दूतावासका अनुसार ट्रकमा ११ जना नेपाली सवार रहेको र अहिले उनीहरू सबै मेक्सिको प्रहरीको हिरासतमा छन्।

‘सबै ११ नेपाली नागरिक अहिले मेक्सिकोको अध्यागमन कार्यालयको हिरासतमा छन्। नेपालीहरू कोही पनि मारिएका छैनन्,’ शनिबार दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ।

घटनमा ६ जना मारिएको भनिएपनि मारिनेहरू कुन देशका हुन् भन्ने सार्वजनिक भएको छैन। अरू१२ जना घाइतेसमेत भएका थिए।

अवैध बाटोबाट अमेरिका छिर्नेहरूले धेरैजसो उक्त रूट प्रयोग गर्ने गरेको बताइन्छ।

त्यही बाटो हुँदै अवैध वस्तु तस्करी हुने गरेको र त्यसमा आप्रवासीहरूलाई समेत प्रयोग गर्ने गरेको भेटिने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्।

Related posts

१२ करोड लागतमा ट्रमा सेन्टर निर्माण हुँदै

चाडपर्वलक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमन

काठमाडौंबाट विराटनगर जाँदै गरेको माइक्रो सिन्धुलीमा पल्टियो