माओवादी केन्द्रद्धारा राहत वितणलाई तिव्रता

काठमाडौँ l गत शुक्रबार र शनिबारको वर्षाका कारण आएको विपद्बाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढी, पहिरामा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।

 हालसम्म विपद्बाट कोशी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, वाग्मतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको   छ भने प्राकृतिक विपद्मा परेर २५ जना बेपत्ता भएका छन । यस्तै ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएको जनाएको छ । यस्तै ७७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिएको छ ।

 विपद्को घडिमा माओवादी केन्द्रले उद्धार, राहत र पुनस्थापनाको कामलाई तिव्रता दिएको छ । 

काठमाडौँ (उद्धार, राहत र पुनस्थापना)
 काठमाडौं महानगरपालिका वडा नं १४ को बल्खुमा रहेको सुकुम्बासी बस्ती, ११ मा रहेको बंशीघाट सुकुम्बासी बस्ती र थापाथलीमा रहेको सुकुम्बासी बस्तीमा उद्धारको काम सकेर राहत र सरसफाइको काम गरिरहेको छ  । 

बल्खुमा रहेको जागरण सुकुम्बासी वस्तीमा डोजर र ट्रिपरमार्फत बुधबार  हिलो सफा गर्ने काम गरेको  छ  । पीडित बस्तीमा वाइसीएल र पार्टीको काठमाडौं जिल्ला समिति, वडा नं १४ को समिति र स्थानीय जागरण टोल समितिको पहलमा नियमित खाना व्यवस्थापन गर्नुका साथै लत्ताकपडा र रासन उपलब्ध गराउने काम भएको छ । खाना र लत्ताकपडा व्यवस्थापनको नेतृत्व वाइसीएल केन्द्रीय अध्यक्ष सुवोध सेर्पालीले गरेका छन् ।  सो वस्तीमा किसान महासंघ र मजदुर संगठनका पहलमा ५ वटा खानेपानी ट्यांकी ल्याएर खानेपानी ट्यांकर मार्फत खानेपानी उपलब्ध गराएको छ । 

   बंशीघाट सुकुम्बासी वस्तीमा रहेको १९१ घरधुरीमा पनि पार्टीको काठमाडौं जिल्ला कमिटी र वैकल्पिक केन्द्रीय सदस्य नहेन्द्र खड्काको पहलमा एक ट्यांकर खानेपानी उपलब्ध गराइएको छ । सरसफाइको लागि ट्रीपर उपलब्ध गराउने सहमति भएको छ । थप डोजरको व्यवस्था गरेर उद्धार र राहतको काम भइरहेको छ । 

ललितपुर (उद्धार, राहत र पुनस्थापना)
ललितपुरको नख्खु क्षेत्रमा बाढीबाट पीडित वस्तीमा उद्धार र राहतको काममा पार्टीको केन्द्रीय महासचिव समेतको विशेष पहलमा निरन्तर काम भइरहेको छ । यसमा वाइसीएलको विशेष टोली खटेका छ । 

भक्तपुर (उद्धार, राहत र पुनस्थापना)
 भक्तपुरका मनोहरा र हनुमन्ते करिडोरका सुकुम्बासी र अन्य बस्तीमा भएको डुबान र बाढीबाट पीडितलाई उद्धार र त्यसपछिको राहत उपलब्ध गराउन भक्तपुरको जिल्ला कमिटी लागिरहेको छ । 

  काभ्रेपलाञ्चोक (उद्धार, राहत र पुनस्थापना)

बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको छ । काभ्रेमा ३१ जना महिला, २५ जना पुरुष , ८ जना बालक र ६ जना बालिका गरी हालसम्म ७० जनाको मृत्यु भएको छ  भने ८ जना बेपत्ता र ७५ जना घाइते भएका छन् । यस्तै बीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलो मिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो सडक खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको (वास आउट भएको) छ ।

जिल्लाको पनौती, धुलिखेल र बनेपामा बाढीबाट भएको क्षतिको स्थलगत रूपमा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार निरीक्षण, पीडितसँग अन्तरक्रिया र घाइतेलाई धुलिखेल अस्पतालमा पुगेर भेट गर्नुभएको छ । सरकारले उचित ध्यान दिन नसके पनि पार्टीको तर्फबाट गर्न सक्ने सबै तयारी र गतिविधिलाई कुनै कसर बाँकी नराखी गर्न जिल्ला पार्टी र प्रदेश पार्टीका नेताहरू, स्थानीय प्रशासन र सरकारलाई निर्देशन दिएका छन् ।
 
 अध्यक्ष प्रचण्डले बाढी र पहिरोले ध्वस्त भएको अरनिको राजमार्ग र विपि राजमार्गको तत्काल छिटो भन्दा छिटो पुनर्निर्माण गरि यातायात सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । साथै उनले विपदको बेलामा सरकारलाई साथ दिन माओवादी पार्टी तयार रहेको बताएका छन् । 

रोशी क्षेत्रमा सडक सञ्चालन नभएकोले जान असम्भव भएको र त्यस क्षेत्रमा भएको जनधनको क्षति प्रति दुख व्यक्त गर्दै प्रचण्डले उचित राहत र बसोवासको व्यवस्था साथै अत्यावश्यक सामग्री र स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारलाई गम्भीरता पूर्वक ध्यानाकर्षण गराउने बताएका छन् । 

Related posts

मेक्सिको सेनाले गोली चलाएको घटनामा नेपाली मारिएका छैनन्ः दूतावास

चाडपर्वलक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमन

काठमाडौंबाट विराटनगर जाँदै गरेको माइक्रो सिन्धुलीमा पल्टियो