सडक सञ्जाल अवरुद्धपछि हवाई उडानमा ट्राफिक जाम बढ्यो,लामो समय आकाशमै चक्कर लगाउँदै जहाज

काठमाडौँ । अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिराले सडक सञ्जाल अवरुद्ध हवाई उडानमा ट्राफिक जाम बढेको छ । सडक यातायात सहज नभइपछि हवाई यातायातको चाप बढेको हो ।

केही दिन काठमाडौँ आउने मुख्य सडकमार्ग नै अवरुद्ध हुँदा आवागमनमा समस्या भोग्नु परि रहेको हो । काठमाडौँसहित देशका विभिन्न स्थानमा बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका घटनाले जनजीवन अस्तव्यस्त भएको हुँदा सडक यातायात अधिकांश बन्द भएका हुन् । दसैँको मुखमा आ–आफ्नो गन्तव्यमा जान हौसिएका नागरिक सडक अवरुद्ध हुँदा निराश छन् ।

बाढीपहिराले सडक अवरुद्ध भएपछि हवाई उडानमा चाप बढ्दा पछिल्ला दिनमा यात्रुको भीड थामिनसक्नु छ । गन्तव्य जाने प्रतिक्षामा हजारौँ यात्रुको भीडले विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा निकै भीडभाड देख्न सकिन्छ । आकाशमा समेत जहाज घन्टौसम्म चक्कर लगाइरहेको छन् ।

Related posts

धितोपत्र बोर्ड अध्यक्ष छनौट प्रक्रिया अनिश्चितकालका लागि स्थगित

काठमाडौंबाट विराटनगर जाँदै गरेको माइक्रो सिन्धुलीमा पल्टियो

माओवादी केन्द्रद्धारा राहत वितणलाई तिव्रता