राष्ट्रिय वाणिज्य बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई करोड हस्तान्तरण

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंकका सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले आज सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले बैंकलाई धन्यवाद ज्ञापन गर्नुहु्ँदै बाढी, पहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको जानकारी गराउनुभयो । मन्त्रिपरिषद्को सोमबारको बैठकले कोषमा प्रारम्भिक रुपमा एक अर्ब जम्मा गर्ने निर्णय गरेको थियो ।

Related posts

बजारमा पैसा धेरै भएपछि आज पनि ५० अर्ब झिक्दै राष्ट्र बैंक

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा छुट पाउने

काठमाडौंस्थित ४ विभिन्न रेस्टुरेन्टहरुमा ज्योति विकास बैंकका ग्राहकहरुले १० प्रतिशतसम्म छुट पाउने