धादिङ र नवलपरासीबाट सहयोग माग नभएकाले तत्काल गाडी रोक्नुपर्ने अवस्था छैन : चितवनका सिडिओ यादव

काठमाडौं । झ्याप्ले खोलामा पहिरोले भत्केको सडक मर्मतका लागि काठमाडौं जाने सवारी साधनलाई चितवनमै रोकिने भनिएता पनि तत्काल नरोकिने भएको छ।

यसअघि जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले अत्यावश्यक सवारी साधन बाहेकलाई गृह मन्त्रालयबाट रोक्न निर्देशन आएको बताएका थिए।

तर चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने धादिङको झ्याप्ले खोला र नवलपरासीबाट सहयोग माग नभएकाले तत्काल गाडी रोक्नुपर्ने अवस्था नरहेको बताए।

‘धादिङको झ्याप्ले खोला र नवलपरासीको दाउन्नेमा सडक मर्मत गर्न सहयोग चाहिएको अवस्थामा समन्वय गर्न सकिन्छ। तर ती जिल्लाबाट सहयोग माग नभएकाले तत्काल गाडी रोक्नुपर्ने अवस्था आएको छैन,’ उनले भने।

शनिबार बिहान अन्दाजी ३-४ बजेतिर झ्याप्ले खोलामा पहिरो खसेको थियो। उक्त पहिरोमा चार वटा गाडी पुरिँदा ३५ जनाले ज्यान गुमाएका थिए।

Related posts

१२ करोड लागतमा ट्रमा सेन्टर निर्माण हुँदै

मेक्सिको सेनाले गोली चलाएको घटनामा नेपाली मारिएका छैनन्ः दूतावास

चाडपर्वलक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमन