नेप्से पुनः २५ सयमाथि उक्लियो, जानकार भन्छन्,‘घट्न रोकिएको निश्चित भने भईसकेको छैन’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १.८० प्रतिशत अर्थात ४४.४५ अंकले बढेर २ हजार ५०८.८६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४४ प्रतिशतले बढेर ४५१.३४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको ९७ लाख  १७ हजार ९५६ कित्ता सेयर ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थाप(जयशम्भु) भन्छन्,  ‘आजको कारोबार पछि बजार घट्न लगभग रोकिएको भन्न सकिन्छ । बजारमा कारोबार र भोल्युम खासै नबढेकाले घट्न रोकिएको निश्चित भने भईसकेको छैन । यदि आगामी कारोबारमा ४०–५० अंक बजार बढेर ८ अर्ब भन्दा बढी औषत कारोबार भएमा बजारले अपट्रेण्ड लिएको मान्न सकिन्छ ।

तर त्यसको लागि भने बजार २५४० को विन्दु भन्दा माथि टिक्नु पर्ने थापाले बताए । दशैंको प्रभावका कारण कारोकार बढ्न नसकेको र एकुमुलेशनकै अवस्था रहेको उनले बताए ।  

अर्का बजार जानकार सुवासचन्द्र ढुङ्गानाले पनि अहिले नै बजारले अपट्रेण्ड लिईनसकेको बताए ।‘अझै एक दिन बजार बढेको खण्डमा बजारले अपट्रेण्ड लिएको मान्न सकिन्छ । र यसको लागि ५ अर्ब बढीको कारोबार हुनुपर्छ,’उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ४.१९ प्रतिशतले बढेर २ हजार ८२६.०२ विन्दुमा पुग्यो ।  

यस्तै आज विकास बैंक समूह १.१८ प्रतिशत,विकास बैंक १.९३,होटल ३.२८,हाईड्रो १.२२,लगानी २.४५,जीवन बीमा १.७८,उत्पादन तथा प्रशोधन ३.८३,लघुवित्त १.८५,निर्जीवन बीमा ०.७१,अन्य २.३७ र व्यापार समूह १.५२ प्रतिशतले बढ्यो ।  

Related posts

धितोपत्र बोर्ड अध्यक्ष छनौट प्रक्रिया अनिश्चितकालका लागि स्थगित

भारत र जापानको सेयर बजारमा भारी गिरावट,चिनियाँ बजारमा भने उछाल

दुई लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने