सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट स्वदेश फर्किएका छन् ।

अर्थमन्त्री पौडेलले भिषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएकोमा दु:ख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताए ।

उनले अहिलेको परिस्थितिलाई सबै एकजुट भइ सामना गर्ने बताउँदै आ-आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरेका छन् ।

अहिलेको अवस्थालाई ध्यानमा राख्दै अर्थमन्त्री पौडेल एयरपोर्टबाट सिधै अर्थ मन्त्रालय पुगी छलफलमा जुटेका छन् । अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा असोज ७ गते चीन गएका थिए ।

Related posts

काठमाडौंबाट विराटनगर जाँदै गरेको माइक्रो सिन्धुलीमा पल्टियो

माओवादी केन्द्रद्धारा राहत वितणलाई तिव्रता

उपत्यकामा खानेपानी हाहाकार, मेलम्चीको आश मात्रै