बाढी-पहिरोबाट अहिलेसम्म १ सय जनाको मृत्यु, ६७ जना बेपत्ता

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी १०१ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु, पाँचथ र भक्तपुरमा ५-५ जनाको ज्यान गएको छ ।

गृह मन्त्रालयका अनुसार दोलखामा ३, सिन्धुलीमा २, धनकुटाना २, महोत्तरीमा २, रामेछाप, झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एक एक जनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजारभन्दा बढीको उद्धार गरिएको छ ।

Related posts

मिटरब्याजी आरोपमा बस्नेत दम्पतीको नाक ‘पिलासले समातेर चक्कुले काटियो’

कुमारी बैंकको १ लाख ३१ हजार कित्ता शेयर बिक्रीमा

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च ६ प्रतिशतमा सीमित