च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा

काठमाडौं । च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ ।
गएराती परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबानमा परेको हो ।

ललितपुरस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय र च्यासल फुटबल ग्राउन्ड मनोहरा खोलाको बाढीका कारण हरेक वर्ष डुबानमा पर्ने गरेका छन् । अविरल वर्षासँगै बाढीले एउटा ग्यास बुलेट समेत बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको छ ।

भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा ग्यास निस्केर माथितिर गइरहेको देखिन्छ । ग्यास चुहिएकाले सो क्षेत्रका स्थानीय त्रसित बनेका छन् भने ग्यासको चर्को गन्ध आइरहेको छ ।

Related posts

सुनकोशीले बगायो खुर्कोट पुल, सिन्धुली-रामेछाप सम्पर्क विच्छेद

गृहमन्त्री लेखकले बोलाए आकस्मिक सुरक्षा समितिको बैठक

उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित