किन विवादित बन्यो अपी पावरको लाभांश ?

काठमाडौं । बिहीबार सेयर बजारमा सबैभन्दा धेरै मूल्य घट्नेमा तेस्रो कम्पनी बन्यो– अपी पावर । कम्पनीको मूल्य ७.४६ प्रतिशत घट्यो । यसको प्रमुख कारण थियो– घोषित लाभांश विद्युत् नियमन आयोगबाट अस्वीकृत हुनु । यहीं कारण बिहीबार कम्पनीको मूल्यमा उच्च गिरावट देखियो । मूल्य घटेर प्रतिकित्ता २८४ रुपैयाँ १० पैसामा झर्‍यो ।

कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश दिने निर्णय गर्‍यो । सो घोषित लाभांश प्रदान गर्नका लागि नियामक विद्युत् नियमन आयोगबाट स्वीकृति लिनुपर्छ । सोही क्रममा कम्पनीले नियमन आयोगसँग स्वीकृति माग्यो । तर आयोगले स्वीकृति दिएन ।

Related posts

‘माओवादी आन्दोलन संसदमा ‘म्याउ’ गर्नको लागी हैन्, सडकमा गर्जिनको लागी हो’

प्रिसेसनमा बढेन नेप्से, आज कता जाला ?

धितोपत्र बोर्ड अध्यक्ष पदका ३ उम्मेदवारलाई बोलाइयो अर्थ मन्त्रालय