धितोपत्र बोर्ड अध्यक्ष पदका ३ उम्मेदवारलाई बोलाइयो अर्थ मन्त्रालय

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएर संक्षिप्त सूचीमा परेका ३ जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न र अन्तरवार्ता दिन अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले बोलाएको छ।

बिहीबार बिहान सूचना जारी गरी  कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका लागि मिति र समय निर्धारण गरी सहभागी हुन भनिएको हो। 

यसका लागि उनीहरू यही असोज १८ गते बिहान ८ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालय उपस्थित हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ। 

Related posts

किन विवादित बन्यो अपी पावरको लाभांश ?

प्रिसेसनमा बढेन नेप्से, आज कता जाला ?

अर्थसंक्षेप : १० लाख ग्राहकवर्गमा निःशुल्क बिजुली, नेप्सेमा भारि गिरावट