सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक सेयरको बिक्री गर्ने भएको छ। बैंकले सेयरधनीको नाममा रहेको ४० हजार ४५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०० रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज सोमबार (असोज ७ गते) बाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

Related posts

बैकिङ प्रणालीबाट आज पनि ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

गरिमा क्यापिटलले डिम्याट र मेरोशेयर खाता ल्यायो बम्पर दशैंतिहार अफर

गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियूक्त