अर्थसंक्षेप : १० लाख ग्राहकवर्गमा निःशुल्क बिजुली, नेप्सेमा भारि गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं l सरकारले करिब १० लाख ग्राहकवर्गमा निःशुल्क बिजुली प्रदान गरेको जनाएको छ । यस वर्ष यहाँ दसैँ तिहारमा खाद्यान्न अभाव नहुने भएको छ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

त्यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ५९.०२ अंकले घटेसँगै नेप्से परिसूचक २५२९.३३ विन्दु कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हालसम्म कसैलाई पनि बजार विश्लेषकको मान्यता नदिएको बताएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले चालु आर्थिक वर्षको हालसम्म एक लाखभन्दा बढी पशुमा खोरेत रोगको खोप लगाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केबरमा रहेको ढल्केबर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका छन् ।

Related posts

किन विवादित बन्यो अपी पावरको लाभांश ?

प्रिसेसनमा बढेन नेप्से, आज कता जाला ?

धितोपत्र बोर्ड अध्यक्ष पदका ३ उम्मेदवारलाई बोलाइयो अर्थ मन्त्रालय