बैकिङ प्रणालीबाट आज पनि ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाडौं । पछिल्लो समय  निरन्तर तरलता खिचिरहेको राष्ट्र बैंकले आज (आइतबार) पनि बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्ने भएको छ।  बैंकहरुमा अधिक तरलता भएपछि  बैंकले निक्षेप संकलन उपकरण जारी गरी दुई साताको लागि ३० अर्ब रुपैयाँ खिच्न लागेको हो।

बैंकहरुमा आथिक तरलता थुप्रिएका कारण राष्ट्र बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अहिले अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ।

राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि बैंकहरुमा अधिक तरलता कायमै रहदा निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो।

बैंकहरुको ब्याजदर घटेर एकल विन्दुमा झर्दा समेत उल्लेख्य मात्रामा कर्जा प्रवाह हुन नसक्दा राष्ट्र  बैंकले निरन्तर तरलता खिचिरहेको छ ।

राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंकहरुले असोज ६ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्युनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन्।

Related posts

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

गरिमा क्यापिटलले डिम्याट र मेरोशेयर खाता ल्यायो बम्पर दशैंतिहार अफर

गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियूक्त