प्रत्येक नेपालीको थाप्लोमा ८६ हजार रुपैयाँ ऋण, दुई महिनामै थपियो साढे ९४ अर्ब

काठमाडौँ ।  चालु आर्थिक वर्षको दुई महिनामा ९४ अर्बभन्दा  बढी सार्वजनिक ऋण थपिएको छ । अब हरेक नेपालीको भागमा करिब ८६ हजार रुपैयाँ बराबर ऋण पुगेको छ ।

सार्ऋवजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आवको साउन र भदौमा ९४ अर्ब ५२ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो । योसँगै तिर्न बाँकी सार्वजनिक ऋणको आकार २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४(३२ प्रतिशत हुन  आउँछ। यसमध्ये आन्तरिक जीडीपीको २१.६६ र बाह्य २२.६६ प्रतिशत रहेको छ । कुल ऋणमा आन्तरिक ऋण १२ खर्ब ३६ अर्ब र बाह्य ऋण १२ खर्ब ९२ अर्ब रुपैयाँ  रहेको छ ।

भदौ महिनासम्म सरकारले १ खर्ब ४ अर्ब सार्वजनिक ऋण उठाएको छ । जसमध्ये आन्तरिक ऋण ९० अर्ब लिइएको छ भने वाह्य ऋण १४ अर्ब ५ करोड लिइएको छ । त्यसैगरी भदौसम्म सरकारले ४७ अर्ब ७१ करोड रुपैयाँ बजेट ऋण भुक्तानीमा खर्च गरेको छ । यो  लक्ष्यको ११.८४ प्रतिशत हो ।

हालसम्म तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणाको हिस्सा ४९ र बाह्यको ५१ प्रतिशत रहेको छ । गत असार मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३१ अर्ब ३३ करोड थियो । यसमा आन्तरिक ऋण हिस्सा ११ खर्ब ८० अर्ब र वाह्य ऋण हिस्सा १२ खर्ब ५० अर्ब थियो ।

Related posts

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ : महामन्त्री थापा