आज कुन देशको मुद्राको भाउ कति छ ?

काठमाडौँ l बिहीबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबारकै मूल्यमा बिहीबार पनि अमेरिकी एक डलरको खरिद बिक्री गर्न सकिनेछ । 

एक अमेरिकी एक डलरको मूल्य १३३ रुपैयाँ ७१ पैसा र बिक्रीमा १३४ रुपैयाँ ३१ पैसा तोकिएको छ । 

युरोपियन युरोको भाउ भने आज घटेको छ । यसअघि एक युरोको खरिद मूल्य १४८ रुपैयाँ ८८ पैसा र बिक्रीमा १४९ रुपैयाँ ५५ पैसा रहेकोमा आज घटेर खरिमा १४८ रुपैयाँ ७६ पैसा र बिक्रीमा १४९ रुपैयाँ ४३ पैसामा झरेको छ । 

यसैगरी, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १७६ रुपैयाँ ६५ पैसा र बिक्रीमा १७७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । 

यता, अष्ट्रेलियन डलरको भाउ भने बढेको छ । यसअघि एक अष्ट्रेलियन डलरको खरिद दर ९० रुपैयाँ ३४ पैसा र बिक्री दर ९० रुपैयाँ ७६ पैसा निर्धारण गरिएकोमा आज बढेर खरिदमा ९० रुपैयाँ ७७ पैसा र बित्रीमा ९१ रुपैयाँ १८ पैसा पुगेको हो। 

त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ४८ पैसा तोकिएको छ । 

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३५ रुपैयाँ ७९ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८४ पैसा तोकिएको छ । 

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ