सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं l नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १९०५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Related posts

सुनको मुल्य अहिलेसम्मकै उच्च, साताको पहिलो दिन कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्यमा सामान्य गिरावट