५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत सोमबार २१ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निरन्तर तरलता खिचिरेहको छ ।

केन्द्रीय बैंकले सोमबार ५० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको छ । सावाँ तथा ब्याज भुक्तानी २१ असोजमा हुनेछ ।

केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजदरमा स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

Related posts

गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियूक्त

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ