सुनको मुल्य अहिलेसम्मकै उच्च, साताको पहिलो दिन कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ l नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च बनेको हो । 

यसअघि गत भदौ २८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६० रुपैयाँले बढ्दै प्रतितोला १९०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Related posts

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्यमा सामान्य गिरावट