कति पुग्यो कालिमाटीमा तरकारीको मूल्य ?

काठमाडाैं l कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य जारी गरेको छ । 

हिजो २३ रुपियाँ किलोमा बिक्री भएको लोकल गोलभेंडा आज २५ रुपियाँ तोकिएको छ ।  त्यसैगरी आइतबार तनेबडी १० रुपियाँ सस्तो भएर ४५ मा कारोबार भइरहेको छ भने भन्टा किलोमा ५ रुपियाँ घटेर प्रतिकिलो ३० मा कारोबार हुँदैछ ।  यता, घिउसिमी (हाइब्रिड) बढेको छ । हिजो ७५ रुपियाँ रहेको घिउसिमी १० रुपियाँले बढेर ८५ रुपियाँ पुगेको छ । 


साथै, पिँडालु २० रुपियाँ बढेर ७५, रायो साग ४० रुपियाँ घटेर ११० र च्याउ २६ रुपियाँले बढेर ३२६ रुपियाँमा किनबेच भइरहेको समितिले जनाएको छ । 

Related posts

हार्दिक शुभकामना, संविधान दिवसकाे

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने