सात करोड लागतमा कुश्मा बसपार्क निर्माण सम्पन्न

काठमाडौं । पर्वतको सदरमुकाम कुश्मा बजारमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा नं। ६ स्थित बान्द्रेविडी चौरमा बसपार्क निर्माण सम्पन्न भएको हो ।

सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङले सात करोड १५लाख ३० हजार रुपियाँको लागतमा निर्माण सम्पन्न गरेको हो । पर्वतमा सडक सञ्चालन भएको ३३ वर्षपछि बसपार्क निर्माण भएको हो ।

निर्माण सम्पन्न भएको बसपार्क दुई महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । बसपार्क सञ्चालनमा नआउँदा सडकभरी सवारी साधन पार्किङ गरेर राख्नुपर्ने बाध्यता रहेको व्यावसायिहरुको भनाइ छ ।

निर्माण सम्पन्न भएर पनि समयमै सञ्चालनमा नआउँदा ट्राफिक समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सिताराम ओझाले बताउनुभयो । प्रमुख ओझाका अनुसार पर्वत सदरमुकाम कुश्मा बजारबाट दिनहुँ काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगन्ज, भैरहवा, काँकडभिट्टालगायतका लागि सवारीहरू छुट्ने गरेका छन् भने बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्मा हुँदै जाने गर्दछन् ।

Related posts

हार्दिक शुभकामना, संविधान दिवसकाे

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने