हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ

काठमाडौं । लघु निर्जीवन बीमक प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले प्रस्तावित प्राथमिक शेयर निष्काशन प्रयोजनका लागि इस्युअर रेटिङ पाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालबाट यो लघु बीमकले डब्बल बी रेटिङ पाएको हो।

एजेन्सीका अनुसार यस्तो रेटिङ प्राप्त गर्ने बीमकले समयमै वित्तीय दायीत्वहरू पुरा गर्ने सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको हुन्छ। इक्रा नेपालले संस्थापक शेयरधनीहरूको बलियो वित्तीय पृष्ठभूमी, पर्याप्त शाखा सञ्जाल र बढ्दो कारोबारले रेटिङमा सघाएको उल्लेख गरेको छ।

शंकर समूह लगायतका व्यापारिक समूहले प्रवर्द्धन गरेको पुनर्बीमक हिमालयन रिइन्स्योरेन्स कम्पनी ( HRL) को २१ प्रतिशत स्वामित्व छ। हिमालयन रिसँग अाबद्ध संस्थागत र व्यक्तिगत लगानीकर्ताको समेत प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा लगानी रहेको इक्राले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।

यो बीमा कम्पनीले महाविपत्ती पुनर्बीमाको व्यवस्था नगरेकोमा रेटिङ एजेन्सीले चासो व्यक्त गरेको छ। हालको व्यापारको आकारको तुलनामा पर्याप्त पूँजीकरण र न्यून खुद जोखिम बहनको सीमाका कारण चिन्ताजनक अवस्था नरहेको देखिएको छ। कुल बीमाशुल्क आम्दानीको जम्मा १९ प्रतिशत खुद धारण रहेको छ।

आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्ममा यसको लगानी ५० करोड २० लाख रूपैयाँ रहेको छ। यो मध्ये अधिकांश रकम क र ख वर्गको वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गरिएको छ। यसको अाैसत प्रतिफल दर ९ प्रतिशत रहेको थियो ।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

सिद्धार्थ बैंक लिमिटेडद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण